१६ चैत्र २०८०, शुक्रबार
Follow Us

महराविरुद्ध अदालतमा मुद्दा

नेपालब्रिटेन डट कम्
१४ कार्तिक २०७६, बिहीबार १०:४६

काठमाडौँ । सरकारी वकिल कार्यालय काठमाडौँले निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि जबरजस्तीकरणी उद्योगमा मुद्दा चलाउने निर्णय गरेको छ ।

आफ्नै सचिवालयकी कर्मचारीलाई बलात्कार गर्न खोजेको आरोप लागेका महरामाथि जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता गर्ने निर्णय भएको वकिल कार्यालय काठमाडौँका सूचना अधिकारी नूमराज खनालले जानकारी दिए ।

उनले अनुसार महरामाथि आजै अदालतमा मुद्दा दर्ता हुनेछ ।