११ बैशाख २०८१, मंगलवार
Follow Us

न्युजिल्यान्डमा शक्तिशाली भूकम्प

नेपालब्रिटेन डट कम्
२८ कार्तिक २०७३, आईतवार १५:०४

क्याइटचर्च । न्युजिल्यान्डको दक्षिणी द्विपमा आइतबार मध्यराति शक्तिशाली भूकम्प गएको छ । यस भूकम्प ७.६ रिक्टर स्केलको मापन गरिएको न्युजिल्यान्डको भूकम्प मापन केन्द्र जियोनेटले जानकारी दिएको छ ।

त्यसैगरी भूकम्प ७.८ रिक्टर स्केलको भएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले जानकारी दिएको छ । त्यसैबीच चिनियाँ भूकम्प मापन केन्द्रले यस भूकम्प ८.० भएको जानकारी दिएको छ ।

यसप्रकार भूकम्पको मापन भिन्दाभिन्दै आएको छ । तर भूकम्प शक्तिशाली भएको यस भूकम्पपछि सुनामी चेतावनी दिइएको र विद्युत र टेलिफोन लाइनहरू अवरुद्ध भएको बताइएको छ ।

सो भूकम्प स्थानीय समायानुसार सोमबार बिहान सबेरै १२ः०२ बजे गएको बताइएको छ । सो ठूलो भूकम्पपछि ६.६ रिक्टर स्केलको पराकम्पनहरू गएको बताइएको छ । यी पराकम्पनहरू दक्षिण र उत्तरी द्विपका शृखलाबद्ध रूपमा गएको बताइएको छ । यस भूकम्पको केन्द्रविन्दु दक्षिण पर्यटकीय सहर क्याइटचर्चबाट १३० किलोमिटर दक्षिणपश्चिममा र ह्यानमर स्पिङबाट १५ किलोमिटर दक्षिणपूर्वमा १० किलोमिटर गहिराईमा रहेको बताइएको छ ।