११ बैशाख २०८१, मंगलवार
Follow Us

हाम्रो नेपाली समाज वेस्ट मिडल्यान्डले गर्यो एम्बुलेन्स सेवामा ५ लाख सहयोग

नेपालब्रिटेन डट कम्
१४ कार्तिक २०७६, बिहीबार १५:४६

लन्डन । हाम्रो नेपाली समाज वेस्ट मिडल्यान्ड यूकेका महासचिव डा. कृष्ण सापकोटाको पहलमा संकलन भएको सहयोग रकम गरिमा कँडेल मेमोरियल ट्रस्टलाई भरतपुर क्यान्सर अस्पतालमा एम्बुलेन्स सञ्चालनका लागि हस्तान्तरण गरिएको छ । ट्रस्टलाई समाजले पाँच लाख रुपैयाँ सहयोग रकम हस्तान्तरण गरेको हो । ट्रस्टका अध्यक्ष गंगाराम कँडेललाई समाजका अध्यक्ष शिव खरालले उक्त रकम हस्तान्तरण गरेका हुन् ।

हस्तान्तरण कार्यक्रममा राप्ती नगरपालिकाकी मेयर श्री मति प्रभा बराल लगायत विभिन्न क्षेत्रका समाजसेवीको उपस्थिति थियो । कार्यक्रमलाई सम्बोधन गर्दै समाजका अध्यक्ष खरालले नेपालमा आपतविपरत तथा अति आवश्यकता परेका नेपालीलाई सक्दो सहयोग गर्ने हेतुले स्थापना भएको हुनाले यहाँ जस्तै भूकम्प पीडित विद्यालय पुननिर्माण गर्न करिब ३० लाख रुपैयाँ समाजले सहयोग उपलब्ध गराइसकेको छ । ट्रस्टका अध्यक्ष कँडेलले हाम्रो नेपाली समाजका सम्पूर्ण महानुभावहरुलाई सहयोगका लागि हार्दिक कृतज्ञता ज्ञापन गरे ।

हाम्रो नेपाली समाज वेस्ट मिडल्यान्ड बाट क्यान्सर अस्पतालको एम्बुलेन्स सहयोग हस्तान्तरण कार्यक्रममा पुगेका समाजकाअध्यक्ष शिव खरालले स्थानीय स्तरका सर्वसाधरणलाई सहयोग होस् भन्ने उद्देश्यका साथ एम्बुलेन्सका लागि रकम सहयोग गरेको जानकारी दिए। रकम हस्तान्तरणका क्रममा खरालले गाउँमा सर्वसारधणका लागि न्युन शुल्कमा एम्बुलेन्स सेवा दिने गरी व्यवस्थापन गर्न समेत स्वास्थ्य केन्द्रलाई बताएका छन्।

उनले भने, ‘गाउँमा बिमारी हुँदा, सर्पको डसाई हुँदा तथा दुर्घटना हुँदा समेत समयमा एम्बुलेन्स नपाउँदा उपचार अभावमा धेरैले ज्यान गुमाई रहेको थाहा पाएपछि समाजले एम्बुलेन्सका लागि ५ लाख सहयोग हस्तान्तरण गरेको बताए ।’