१२ बैशाख २०८१, बुधबार
Follow Us

मानवसेवा आश्रमलाई एनआरएन युकेका उपाध्यक्ष खड्काले गरे १ लाख ७० हजार सहयोग


१४ कार्तिक २०७६, बिहीबार २१:५९

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेका उपाध्यक्ष सुनिल खड्काले चितवनस्थित एक आश्रमलाई आर्थिक सहयोग गरेका छन् ।
खड्काको लगानीमा वेलायतमा संचालित हवाली रेष्टुरेन्टको वार्षिकोत्सव कार्यक्रमबाट संकलित १ लाख ७० हजार रुपैयाँ मानवसेवा आश्रमलाई सहयोग गरेका हुन् । गत सोमवार रेष्टुरेन्टमा आयोजित कार्यक्रम सो रकम संकलन भएको हो ।

नेपालमा सयौं असहायहरुको सेवा गरिरहेको मानवसेवा आश्रमका लागि सानो भए पनि सहयोग गर्न पाएको भन्दै खड्काले प्रसन्नता प्रकट गरे ।
खड्काले यसअघि आश्रमका अध्यक्ष रामजी अधिकारीलाई बेलायत बोलाएर एक अन्तरक्रिया कार्यक्रमको समेत आयोजना गरेका थिए ।
सिमित स्रोत साधनको प्रयोग र जनमन संकलन अभियानबाटै कुनै पनि वैदेशिक दातृ निकायहरुको सर्त सहितको सहयोग स्विकार नगरीकन आश्रमले आफ्ना गतिविधी संचालन गर्दै आएको छ ।

खड्का गत महिना चितवनमा पुगेर सडक वालवालिकाहरुको उद्धारको लागि आफै खटिएका थिए । यसअघि उनले सोही आश्रमलाई गत फेब्रोवरीमा तीन लाख ५० हजार आर्थिक सहयोग गरेका थिए । भरतपुर सहयोगापेक्षी बेसहारा अभिभावकबिहिन सडकमानव मुक्त नेपालको पहिलो माहानगर पालिका बनेको छ ।