१४ बैशाख २०८१, शुक्रबार
Follow Us

उपनिर्वाचनका लागि कांग्रेसले आज उम्मेदवार टुंगो लगाउँदै

नेपालब्रिटेन संवाददाता
१५ कार्तिक २०७६, शुक्रबार ०७:३९

काठमाडौं । मंसिर १४ गते हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारको नाम टुङ्गो लगाउन कांग्रेसले आज केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठक उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारको नाम टुङ्गो लगाउने विषयमा केन्द्रित हुने कांग्रेस नेताहरुले बताएका छन् ।

कांग्रेसले पार्टी विधान अनुसार संसदीय समिति गठन नगरेकाले बैठकले उम्मेदबार चयनको जिम्मेबारी पदाधिकारीलाई दिने सम्भावना रहेको छ । बिहीबार पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी बैठकमा पनि पदाधिकारी चयनका विषयमा छलफल भएको थियो ।

प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन तथा स्थानीय तहका प्रमुख एक, अध्यक्ष तीन, उपाध्यक्ष एक र वडाध्यक्ष ४३ गरी जम्मा ५२ पदका लागि उपनिर्वाचन हुँदैछ । तर आकांक्षी धेरै भएकाले प्रमुख दलले अझैसम्म उम्मेदवार चयन गर्न सकेका छैनन् ।