१३ बैशाख २०८१, बिहीबार
Follow Us

आफूविरुद्ध नारावाजी गर्नेलाई देउवाले हपारे

नेपालब्रिटेन डट कम्
१६ कार्तिक २०७६, शनिबार ०१:५५

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूविरुद्ध नाराबाजी गर्ने नेपाल विद्यार्थी संघका विद्यार्थी नेताहरुलाई हपारेका छन् । केन्द्रीय समितिको बैठकका लागि शुक्रबार दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेका देउवाले नेविसंघभित्र उमेरहदको पक्षमा रहँदै आएका विद्यार्थी नेताहरूले आफूविरुद्ध नाराबाजी गरेपछि उनीहरुलाई हपारेका हुन् ।
आफूहरूले ३२ वर्षभित्रैबाट नेविसंघको नेतृत्व चयन गर्न माग गर्दै नारा लगाइरहँदा सभापति देउवा विद्यार्थीहरूमाथि खनिएको नेविसंघ नेता नवराज त्रिपाठीले जानकारी दिए ।

देउवाले पार्टी केन्द्रीय कार्यालयमा केको नाराबाजी ? भन्दै औंला ठड्याउँदै विद्यार्थीहरूलाई हपारेका थिए । सभापति देउवाले आगामी महाधिवेशन गर्ने गरी नेविसंघको नेतृत्वका लगि सुनसरीका राजीव ढुंगानाको नाम प्रस्ताव गरेपछि त्यसको विरोध हुदै आएको छ ।राजधानी दैनिकमा खबर छ ।