१६ चैत्र २०८०, शुक्रबार
Follow Us

पूर्व सांसद महतोको दुर्घटनामा परी निधन

sarusaru
१६ कार्तिक २०७६, शनिबार ०३:१८

जनकपुरधाम । पूर्व सांसद रामलखन महतोको दुर्घटनामा परी मृत्यु भएको छ । जनकपुर–ढल्केबर सडक खण्ड अन्तर्गत धनुषाको मिथिला नगरपालिका-१ स्थित विश्वकर्मा चोकमा शुक्रबार बसले ठक्कर दिँदा ६१ बर्षीय पूर्व सांसद महतोको निधन भएको हो ।

बटेश्वर गाउँपालिका १ स्थित घरबाट महेन्द्रनगरस्थित घर आउने क्रममा काठमाडौँबाट जनकपुरतर्फ आउँदै गरेको बा ५ ख ८८५ नम्बरको बसले उनलाई ठक्कर दिएको हो । साइकलमा सवार सांसद महतो बाटो काट्ने क्रममा बसले ठक्कर दिँदा महतो गम्भीर घाइते भएका थिए । उपचारका लागि जनकपुर अञ्चल अस्पताल ल्याउँदै गर्दा बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

महतो २०५१ सालको निर्वाचनमा धनुषा क्षेत्र नम्बर ५ बाट निर्वाचित भएका थिए । तत्कालीन नेकपा एमालेबाट चुनाव लडेका महतो नेपाली कांग्रेसका उम्मेदवार पूर्व राष्ट्रपति डा. रामवरण यादवलाई पराजित गरेका थिए ।

२०६३ सालतिर एमाले परित्याग गरी तत्कालिन नेकपा माओवादी केन्द्रमा समाहित भएका महतो केही दिन यता मोहन वैद्य नेतृत्वको नेकपामा आवद्ध भएका थिए ।
अनलाइनखबर