१४ बैशाख २०८१, शुक्रबार
Follow Us

राप्रपाले गर्यो उम्मेदवार सिफारिस

sarusaru
१६ कार्तिक २०७६, शनिबार ०५:३८

काठमाडौं । आगामी मंसिरमा हुने उप-निर्बाचनको निमित्त राष्ट्रिय प्रजातन्त्र पार्टीले धमाधम उम्मेदवारहरु सिफारिस गरेको छ । पार्टीले वडा तहको टिकट दिने अधिकार जिल्ला कार्य समितिलाई प्रदान गरेको छ भने गाउँ पालिका र नगरपालिकाको उम्मेदवारको टिकट सम्बन्धित जिल्ला कार्य समितिको सिफारिसमा प्रदेश कमिटीले दिने छ । यसै गरि प्रदेश र संघिय संसदको टिकट भने सम्बन्धित जिल्ला समितिले प्रदेश समितिलाई सिफारिस गरे बमोजिम प्रदेश समितिको सिफारिसमा पार्टी केन्द्रले टिकट दिनेछ । भक्तपुर जिल्लाको क्षेत्र नम्बर १ “क” मा पार्टीको तर्फबाट जिल्ला कार्य समितिले माधब खत्री,राममणी न्यौपाने ,बुद्धि कुमार प्यासि,बिष्णु प्रसाद तिमल्सिना ,गोकुल खड्का,शिबराज केसीको नाम सिफारिस गरि बिक्रम बहादुर थापाको अध्यक्षतामा रहेको प्रदेश समिती समक्ष पठाईसकेको छ । यसै गरि दाङको क्षेत्र नम्बर ३ “ख” प्रदेशमा भुपाल रावतलाई जिल्ला समितिले प्रदीप उदयको नेतृत्वमा रहेको प्रदेश समिती समक्ष सर्बसम्मत उम्मेदवार सिफारिस गरेको छ । बाग्लुङ- २ नम्बर क्षेत्र “ख” प्रदेशमा गणेश कुँवर सर्बसम्मत उम्मेदवार र कास्की क्षेत्र नम्बर २ को संघिय निर्बाचनमा जिल्ला समितीबाट डाक्टर भिमसेन गुरुङ ,रोम बहादुर भण्डारी,जयलाल पुन,कृष्ण बहादुर अधिकारी र इन्दिरा शाहीको नाम हेमजङ्ग गुरुङको नेतृत्वमा रहेको प्रदेश समितीमा सिफारिस भएको छ । प्रदेश समितीको सिफारिस आएपछी सो बमोजिम केन्द्रले केही दिन भित्रै उम्मेदवारको टुङ्गो लगाउने राप्रपा सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । पार्टीले केन्द्रमा प्रबक्ता निलकण्ठ काफ्लेको संयोजकत्वमा निर्बाचन परिचालन समिती गठन गरिसकेको छ भने अर्का प्रबक्ता सुशील श्रेष्ठको नेतृत्वमा बिशेष कार्ययोजना परिचालन समिति निर्माण गरेको छ । भोलि पार्टी अध्यक्ष कमल थापाको उपस्थितिमा हुने बैठकले निर्वाचन सम्बन्धी महत्वपूर्ण निर्णय हुने सहायक महामन्त्री बर्तौलाले बताए।