१६ चैत्र २०८०, शुक्रबार
Follow Us

प्रधानमन्त्रीका एडीसी राजेन्द्रबहादुर जुवा खालबाट पक्राउ

नेपालब्रिटेन संवाददाता
१६ कार्तिक २०७६, शनिबार ०६:०१

काठमाडौं । काठमाडौँको नयाँ बसपार्कबाट प्रधानमन्त्री केपी ओलीका सुरक्षागार्ड मेजर राजेन्द्रबहादुर शाहीसहित आठ जना जुवाडे पक्राउ परेका छन् । महानगरीय प्रहरी विभाग गोंगबुले उनीहरुलाई शुक्रबार राति १ लाख ५९ हजार रुपैयाँ नगदसहित जुवाखालबाट पक्राउ गरेको हो । पक्राउ पर्ने अन्यमा टोखा १० का सोमबहादुर मगर, मानकाजी गुरुङ, धर्म शाह रहेका छन् । त्यसैगरी रामेछाप सुनापतिका बुद्धिलाल मगर, गोरखाका जित गुरुङ, किरणजंग शाह र सुर्खेत खानीखोलाका निरज राणा रहेका छन् ।