१४ बैशाख २०८१, शुक्रबार
Follow Us

अङ्गिकृतले संवैधानिक पद पाउनु हुँदैन : अध्यक्ष गच्छदार

नेपालब्रिटेन डट कम्
२८ कार्तिक २०७३, आईतवार १५:१५

नेपालगन्ज । मधेसी–जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले अङ्गिकृत नागरिकलाई संवैधानिक पद दिन नहुने बताउनुभएको छ । सो दलद्वारा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले अङ्गिकृतलाई संवैधानिक पद दिन नहुने जनमत मधेसमै अधिक रहेकाले कसैको व्यक्तिगत र पार्टीगत स्वार्थमा उक्त व्यवस्था लागू हुन नसक्ने बताउनुभयो ।
“संविधान संशोधनको मुख्य एजेण्डा सीमाङ्कनको बाँडफाँड नै हो, तसर्थ यस विषयमा सबै दल सहमतिमा आउनुपर्छ,” उहाँले भन्नुभयो । आजै पार्टीद्वारा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष गच्छदारले पार्टी एकताबाट सबै कार्यकर्ताको हित हुने बताउनुभयो । सो कार्यकर्ता भेला तीन दिनसम्म सञ्चालन हुने बताइएको छ ।