७ बैशाख २०८१, शुक्रबार
Follow Us

गैरआवासीयलाई नर्वेले यसरी ग-यो दोहोरो नागरिकताको व्यवस्था

नेपालब्रिटेन संवाददाता
१६ कार्तिक २०७६, शनिबार १०:०३

ओस्लो । यूरोपेली मुलुक नर्वेले दोहोरो नागरिकतालाई वैधानिकता प्रदान गरेको छ । हिजो शुक्रबार सम्पन्न मन्त्रीपरिषद बैठकले सन् २०२० को जनवरीबाटै दोहोरो नागरिकता सम्बन्धि ऐन लागू गर्ने निर्णय गरेको हो ।

यो ऐन लागू भएपछि विदेशी मुलको नागरिकता लिएका नर्वेका गैरआवासीय नागरिकले समेत आफ्नो मुलुकको नागरिकता उत्तिकै सुविधासहित राख्न पाउनेछन् । यसअघि नर्वेमा पनि विदेशी मुलको नागरिकता लिएपछि आफ्नो वास्तविक नागरिकता त्याग्नुपर्ने प्रावधान थियो ।

गत वर्ष सरकारले अघि सारेको सो प्रस्तावलाई संसदले सो विधेयक पारित गरिसकेको भए पनि हिजो मात्रै यस सम्बन्धि निर्णय भएको हो ।