१५ चैत्र २०८०, बिहीबार
Follow Us

संशोधनपछि मात्रै संविधान कार्यान्वयन : सभापति देउवा

नेपालब्रिटेन डट कम्
२८ कार्तिक २०७३, आईतवार १५:१६

वालिङ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संशोधनपछि मात्रै संविधानको कार्यान्वयन हुने बताउनुभएको छ । नेपाली काँग्रेस आरुखर्क गाउँ कार्यसमितिद्वारा आयोजित प्रजातन्त्र सेनानी तथा काँग्रेस स्याङ्जाका नेता मोहनीप्रसाद पौडेलको अभिनन्दन कार्यक्रममा उहाँले संविधान संशोधनका लागि प्रमुख तीन दलबीच वार्ता भइरहेकाले छिट्टै समाधान निस्कने बताउनुभयो ।
“नेपालीको छ दशकको चाहना हामीले २०७२ असोजमा पूरा गरेका छौँ”–सभापति देउवाले भन्नुभयो, “संविधान कार्यान्वयन गरेर देशलाई अग्रगतितर्फ लैजानु पर्दछ ।” देश सङ्क्रमणकालमा रहेको अवस्थामा आरोपप्रत्यारोप गरेर समय फाल्नुको सट्टा दलगत स्वार्थभन्दा माथि उठेर चुनौतीलाई पार लगाउनु अहिलेको आवश्यकता भएको उहाँको भनाइ थियो ।
छैसठ्ठी वर्षीय पौडेल विगत एक वर्षदेखि मस्तिष्कघातबाट पीडित हुनुहुन्थ्यो । पौडेललाई सभापति देउवाले दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।