१६ चैत्र २०८०, शुक्रबार
Follow Us

भ्रमण गरेर नेपाललाई सहयोग गर्न पर्यटनमन्त्री भट्टराईको आग्रह


१६ कार्तिक २०७६, शनिबार २०:३२

लन्डन– संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराई वेलायत भ्रमण आएकै दिन एक च्यारिटी कार्यक्रममा सहभागी भएका छन् ।

मन्त्री भट्टराई सपोट नेपालको आयोजनामा शनिवार साँझ स्टकिन चर्चमा आयोजित एक च्यारीटी कार्यक्रममा सहभागी भएका हुन् ।

कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री भट्टराईले नेपाल राजनैतिक स्थिरता पछि विकासको बाटोमा लागेकाे बताए । उनले नेपाल भ्रमण गरेर नेपाल र नेपालीहरुलाई सहयोग गर्न समेत आग्रह गरे ।

कार्यक्रमलाई सम्वोधन गर्दै बेलायतका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदीले  दुई तिहाई बहुमतको वर्तमान नेपाल सरकारको पहिलो प्रथामिकता आर्थिक विकास भएको वताए ।

उनले महाभूकम्प पछि पनि नेपाल भ्रमण गर्नको लागि शान्त र सुरक्षित रहेको जानकारी दिए । उनले नेपाल- बेलायतको ऐतिहासिक सम्वन्धको बारेमा समेत चर्चा गरे ।

कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयका उच्च अधिकारी, नेपाल टुरिजम बोर्डका पदाधिकारी, लगायत साहारा युकेका प्रतिनिधीहरुको बाक्लो उपस्थिती थियो । कार्यक्रममा विविध सांस्कृति कार्यक्रम प्रस्तुत गरिएको थियो ।

मन्त्री भट्टराई नोभेम्बेर ४ देखि ७ सम्म लण्डनको एक्सेल एक्जिबिशन सेन्टरमा हुन गैरहेको वल्र्ड ट्राभल मार्टमा सहभागी हुन बेलायत आएका हुन् ।

भ्रमणका क्रममा भट्टराईले नेपाली दूतावास लण्डनले आगामी मंगलवार साँझ दुतावास भवनमा आयोजना गर्ने पर्यटन प्रर्वद्धन सम्वन्धित एक कार्यक्रममा सहभागी हुने छन्।