१४ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनए ५० देशमा मात्र सिमित, ३० भन्दा बढी शाखा निस्कृय

नेपालब्रिटेन डट कम्
१६ कार्तिक २०७६, शनिबार २२:२४

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को विश्वमा छरिएका ८२ देश मध्य ५० वटा मात्र सकृय देखिएका छन् ।
संघको गत महिना सम्पन्न नवौं विश्व सम्मेलनमा ५० वटा देशले मात्र भाग लिए पछि बाँकी ३० भन्दा बढी राष्ट्रिय समितिहरु निस्कृय देखिएका हुन् ।
नियमित निर्वाचन नगर्ने र विश्व सम्मेलनमा भाग नलिएका राष्ट्रिय समिति स्वतः विघटन हुने वैधानिक व्यवस्था रहेको छ ।

राष्ट्रिय समितिको अधिवेशन गराउने जिम्मेवारी गैरआवासीय नेपाली संघका क्षेत्रीय संयोजकलाई भए पनि कतिपय क्षेत्रीय संयोजकले आफ्नो जिम्मेवारी पूर्ण रुपमा निर्वाहा नगर्दा राष्ट्रिय समितिहरु निकृय हुन पुगेका हुन् ।

विश्व सम्मेलनमा भाग लिन काठमाण्डौं पुगेका कयौं राष्ट्रिय समितिका केही प्रतिनिधीहरु सदस्यता र दर्ता शुल्क महंगो भएको भन्दै सम्मेलन बहिस्कार गरेका थिए । सम्मेलनमा ५० देशका २५ सय भन्दा बढी प्रतिनिधीहरुले भाग लिएका थिए ।

कुन कुन देश सकृय छन् ?

गैरआवासीय नेपाली संघको विश्व सम्मेलनमा अस्ट्रेलिया, अष्ट्रीया, बहराइन, बेल्जियम, क्यानाडा, चीन, साइप्रस, चेक रिपब्लिक, डेनमार्क, फिनल्याण्ड, फ्रान्स, जर्मनी
हङकङ, आयारल्याण्ड, इजरायल, इटाली, जापान, केन्या, कोरिया, कुवेत, लक्जेम्बर्ग, मकाउ, मलेशिया, माल्टा, म्यानमार, नेदरल्याण्ड, न्युजरल्याण्ड, नाइजेरिया, नर्वे, ओमान, पोल्याण्ड, पोर्तुगल, कतार, रसिया, साउदी अरेयिबा, सेयाचिलेश, सिंगापूर, साउथ अफ्रिका, स्पेन, स्वीडेन, स्विजरल्याण्ड, ताइवान, ताजस्कितान, थाईल्याण्ड, युके, अमेरिका, युएइ, युगान्डा, भियतनाम र जिम्बाब्य लगायतका देशले प्रतिनिधित्व गरेका थिए ।