१४ बैशाख २०८१, शुक्रबार
Follow Us

‘मायालु तिमी मेरी हौ’ मा वर्षा सिवाकोटीकाे ग्ल्यामरस लुक (भिडियो)

नेपालब्रिटेन डट कम्
१६ कार्तिक २०७६, शनिबार २२:४२

लण्डन । नायिका वर्षा सिवाकोटी आफ्नो अहिले सम्मकै ग्ल्यामरस म्युजिक भिडियोमा देखा परेकी छिन् । गायक प्रमोदराज न्यौपानेको नयाँ गीत ‘मायालु तिमी मेरी हौ’ मा उनी मोडल भिजु पार्कीसँग रोमान्टिक लुक्ससँगै अन्तरंग दृश्य हरुमा देखिएकी हुन् ।
प्रमोद राज न्यौपानेको श्वर र संगीत रहेको यस गीतका रचनाकार नृपेश उप्रेती हुन् । दुवै जना हाल बेलायत बसोबास गर्छन् । गीतमा संगीत सम्योजन भने उदय राज पौडेल ले गरेका छन् ।

भिडिओ मा वर्षा र भिजु को रोमान्स लाई क्यामेरा मा नवराज उप्रेती ले कैद गरेका छन भने भिडिओ सम्पादन नवीन निरौला को र कोरिओग्राफी तथा निर्देशन गम्भीर बिस्ट को रहेको छ । यस अघिका म्युजिक भिडिओ लगातार बेलायतमै छायांकन गरेका गायक प्रमोद राज यस पटक भने व्यवसायिक, अनुभवी तथा दक्ष कलाकार, निर्देशक र प्रविधिक साथीहरुसँग काम गर्ने आफ्नो पहिलेदेखि कै चाहना पूरा गर्न नेपाल मै भिडिओ बनाएको बताउँछन् ।