१४ बैशाख २०८१, शुक्रबार
Follow Us

लिभरपुलद्वारा एस्टन भिल्ला पराजित

नेपालब्रिटेन संवाददाता
१७ कार्तिक २०७६, आईतवार ०२:४६

लन्डन । ईङ्लिस प्रिमियर लिगमा लिभरपुलले उत्कृष्ट प्रदर्शन कायमै राखेको छ । गएरातिको खेलमा लिभरपुलले एस्टन भिल्लालाई २–१ ले हराएको हो । लिभरपुलका लागि साडियो माने र एन्डी रोर्बेट्सनले गोल गरे । एस्टनका लागि ट्रजुगेटले एक गोल फर्काए ।

त्यस्तै म्यानचेष्टर सिटीले साउथ ह्याम्टनलाई २–१ गोलले हराएको छ । सिटीका लागि सर्जियो अग्युरो र केल वाल्करले एक एक गोल गरे । साउथ ह्याम्टनका लागि जेम्स वार्डले एक गोल फर्काए ।

अर्को खेलमा वाटफोर्डलाई २–१ गोल अन्तरले हराउँदै चेल्सी तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । चेल्सीमा लागि टमी अब्राहम र क्रिस्टियन पोलिसिकले एक एक गोल गरे । वाटफाेर्डका जेरार्ड डेउलोफ्युले एक गोल फर्काए ।

राति नै भएको खेलमा आर्सनल वुल्भ्ससँग १-१ गोलको बराबरीमा रोकिएको छ । म्यानचेष्टर सिटी बोर्नमाउथसँग १–० ले स्तब्ध भएको छ । अन्य खेलमा सेफिल्ड युनाइटेडले बर्नलीलाई ३-० ले हराएको छ । यस्तै न्युकासलले वेष्ट ह्यामलाई ३-२ ले पराजित गर्दा ब्राइटनले नर्विचलाई २-० ले हराएको छ ।