१३ बैशाख २०८१, बिहीबार
Follow Us

प्रधानमन्त्री ओली पुनः अस्पताल भर्ना

नेपालब्रिटेन संवाददाता
१७ कार्तिक २०७६, आईतवार ०५:३७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौलाको आज तेस्रो पटक डायलाइसिस गरिँदैछ । प्रधानमन्त्री ओली डाइलासिस गर्न धापासीस्थित ग्राण्डी अस्पताल पुगेका छन् । बुधबार र बिहीबार पनि प्रधानमन्त्री ओलीको रगतलाई शुद्ध बनाउन गरिने डाइलासिस अन्तर्गत अल्ट्रा फिल्ट्रेसन गरिएको थियो ।

उनको रगतमा क्रेटिनाइनको मात्रा बढी देखिएकाले अब नियमित डायलासिस गर्नुपर्ने चिकित्सकले सुझाव दिएका छन् । १२ वर्षअघि फेरिएको मिर्गौलाले काम नगरेपछि अब कि नियमित डायलासिस गर्नुपर्ने कि फेरि पनि मिर्गौला प्रत्यारोपण गर्नुपर्ने हुनसक्ने चिकित्सकहरुले बताएका छन् । यसअघि हिजो बसेको नेकपा सचिवालयको बैठकमा प्रधानमन्त्री ओलीले नियमित डायलासिस गर्नुपर्ने बताएका थिए ।