१९ बैशाख २०८१, बुधबार
Follow Us

कास्की २ उपनिर्वाचन: समाजवादीबाट धर्मराज गुरुङ

नेपालब्रिटेन डट कम्
१७ कार्तिक २०७६, आईतवार ०५:३९

पोखरा । कास्की २ उपनिर्वाचनमा समाजवादीबाट धर्मराज गुरुङ फाइनल भएका छन् । आइतबार बसेको केन्द्रिय कमिटी बैठकले उनलाई कास्की २ बाट उमेदवार घोषणा गर्ने निर्णय गरेको हो ।
समाजवादी कास्कीका अध्यक्ष गिरीप्रसाद गुरुङका अनुसार केन्द्रिय कमिटीले धर्मराजलाई उमेदवार बनाउँने फाइनल गरे पनि घोषणा गर्न भने बाँकि नै छ । प्रदेशबाट सिफारिस भएका ३ जना किरण थापा, रामबहादुर नेपाली र धर्मराज गुरुङमध्ये धर्मराजलाई समाजवादीले फाइनल गरेको छ ।
कास्की २ मा नेकपाबाट विद्या भट्टराई, साझा पार्टीबाट रजनी केसी फाइनल भई सकेका छन् । प्रमुख प्रतिपक्ष कांग्रेसको भने उमेदवार टुंगो लगाउँन बाँकि नै छ ।