१५ चैत्र २०८०, बिहीबार
Follow Us

महरालाई रिहा गर्ने कि कारागार पठाउने ?

नेपालब्रिटेन संवाददाता
१७ कार्तिक २०७६, आईतवार ०५:४५

काठमाडौं । संघीय संसद्की कर्मचारीमाथि जबरजस्ती करणी प्रयास गरेको आरोप लागेका पूर्वसभामुख कृष्णबहादुर महरालाई थुनछेक बहस आजवाट शुरु हुँदैछ । बिहीबार महराविरुद्द काठमाडौं जिल्ला अदालतमा दर्ता भएको बलात्कार प्रयास मुद्दामा आजवाट थुनछेक बहस हुन लागेको हो ।

महरालाई लागेको अभियोगमाथि उनी पक्षका वकिलहरुले बहस गर्नेछन् । बहस सकिएको अवस्थामा उनी रिहा हुने वा पुर्पक्षका लागि कारागार पठाउने भन्ने फैसला हुनेछ । अदालतले शुक्रबार महरासँग उनीमाथि लागेको आरोपका विषयमा बयान लिएको थियो ।

सरकारी वकिलको कार्यालयले बलात्कार प्रयासमा ५ वर्ष र आफू मातहतको कर्मचारीमाथि बलात्कार प्रयास भएकाले थप साढे २ वर्ष गरी साढे ७ वर्ष कैदको माग गर्दै मुद्दा दर्ता गरेको छ । संसद् सचिवालयकी एक कर्मचारीमाथि बलात्कार प्रयासको आरोप लागेपछि उनलाई गत असोज १९ मा पक्राउ गरेर प्रहरीले अनुसन्धान थालेको थियो ।