७ बैशाख २०८१, शुक्रबार
Follow Us

सुनकोसी नदीमा बस खस्यो, ६ जनाको घटनास्थलमै मृत्यु

नेपालब्रिटेन संवाददाता
१७ कार्तिक २०७६, आईतवार ०९:०३

काठमाडौं । दोलखाको मागा देउरालीबाट काठमाडौं आउँदै गरेको बा२ख ७२४५ नम्बरको शैलुङश्वरी यातायातको यात्रीवहाक बस आइतबार दिउँसो सुकुटेमा दुर्घटना भएको छ । दुर्घटनामा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ । मृतकको सनाखत हुनसकेको छैन ।

बस सडकबाट सुनकोसी नदीको बीचमा खसेकाले मृतकको संख्या बढ्नसक्ने बताइएको छ । नदीले केही यात्री बगाएकोसमेत प्रत्यक्षदर्शीले बताएका छन् । अहिले उद्धारको काम भइरहेको छ । बसमा कति यात्री थिए भन्ने खुल्नसकेको छैन ।