१३ बैशाख २०८१, बिहीबार
Follow Us

घाइते महिलाको मृत्यु, श्रीमान्सहित दुई गम्भीर

नेपालब्रिटेन डट कम्
२९ कार्तिक २०७३, सोमबार ०४:४९

रत्ननगर । चितवनको खैरहनीमा भएको मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ । आइतबार पूर्वी चितवनको खैरहनी नगरपालिका–७ स्थित पूर्व पश्चिम राजमार्गमा दुई मोटरसाइकल ठक्कर खाँदा मोटरसाइकलमा सवार तीन जना गम्भीर घाइते भएका थिए ।

घाइतेमध्ये मकवानपुर मनहरी–७ की ३० वर्षीय सागुनी पुलामीको उपचारका क्रममा भरतपुर मेडिकल कलेजमा गएराति मृत्यु भएको प्रहरीले जनाएको छ ।

चितवनको खैरहनीमा पूर्वतर्फ जाँदै गरेको ना ३५ प १८५१ नम्बरको मोटरसाइकललाई ना ३२ प ६३३० नम्बरको मोटरसाइकलले पछाडिबाट ठक्कर दिँदा सो दुर्घटना भएको हो ।

सो घटनामा १८५१ नम्बरको मोटरसाइकलको पछाडि बसेकी सागुनी पुलामीको ज्यान गएको प्रहरीले जनाएको छ ।

उनका श्रीमान् ३८ वर्षीय दिलबहादुर पुलामी र अर्काे मोटरसाइकलका चालक चितवन खैरहनीका ५० वर्षीय भजना महतोको अहिले सोही कलेजमा उपचार भइरहेको छ ।