४ बैशाख २०८१, मंगलवार
Follow Us

बस दुर्घटना : ११ को मृत्यु, ४७ धुलिखेल अस्पताल भर्ना (अपडेट)

नेपालब्रिटेन संवाददाता
१७ कार्तिक २०७६, आईतवार १०:३३

काठमाडौं । सिन्धुपाल्चोकको सुकुटेमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ११ पुगेको छ । दुर्घटनास्थलमा ११ जनाको मृत्यु भएको र ४७ जना घाइतेलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ । मृतकको सनाखत हुनसकेको छैन ।

आइतबार दोलखाको मागा देउरालीबाट काठमाडौं आउँदै गरेको बा२ख ७२४५ नम्बरको शैलुङश्वरी यातायातको बस दुर्घटना भएको हो । बस सडकबाट सुनकोसी नदीको बीचमा खसेकाले मृतकको संख्या बढ्नसक्ने बताइएको छ ।

बसमा कति यात्रु थिए भन्ने खुल्न सकेको छैन । नदीले केही यात्रु बगाएको हुनसक्ने बताइएको छ । बस नदीबाट किनारमा निकालिएको छ । उद्धारको काम भइरहेको छ । आइतबार दिउँसो सवा १ बजेतिर बस दुर्घटना भएको प्रहरीले जनाएको छ ।