६ बैशाख २०८१, बिहीबार
Follow Us

बस दुर्घटनामा १७ जनाको मृत्यु, केहीको अवस्था गम्भीर

नेपालब्रिटेन संवाददाता
१७ कार्तिक २०७६, आईतवार १३:१६

काठमाडौं । सिन्धुपाल्चोकको सुकुटेमा आइतबार भएको यात्रीवहाक बस दुर्घटनामा मृत्यु हुनेको संख्या १७ पुगेको छ । मृतकहरुमा ९ महिला, एक बालिका, तीन बालक र ४ पुरुष छन् । तीमध्ये केहीको सनाखत भइसकेको छ ।

दुर्घटनमा परी ४६ जना घाइते भएका छन् । तीमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ । उनीहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । आइतबार दोलखाको मागा देउरालीबाट काठमाडौं जाँदै गरेको बा२ख ७२४५ नम्बरको शैलुङेश्वरी यातायातको बस दुर्घटना भएको हो ।

बस सडकबाट सुनकोसी नदीको बीचमा खसेको थियो । नदीले केही यात्री बगाएकोसमेत प्रत्यक्षदर्शीले बताएका छन् । बस नदीबाट किनारमा निकालिएको छ ।