१५ चैत्र २०८०, बिहीबार
Follow Us

सुजातालाई उपचार खर्चबापत ५० लाख दिने निर्णय

नेपालब्रिटेन डट कम्
२९ कार्तिक २०७३, सोमबार ०४:५७

काठमाडौं । सरकारले पूर्वपरराष्ट्रमन्त्री सुजाता कोइरालालाई ५० लाख दिने निर्णय गरेको छ । विशिष्ठ पदाधिकारीलाई जीवनभरमा एकपटकमा अधिकतम ५० लाख रुपैया दिने निर्णयसँगै पूर्वपरराष्ट्रमन्त्री सुजाता कोइरालाले उपचारका लागि ५० लाख पाउनुभएको हो ।
हिजो आइतबार बसेको मन्त्रिपरिषदको बैठकले काँग्रेस नेतृ सुजाता कोइरालालाई भएको स्तन क्यान्सरको उपचारको लागि स्वास्थ्य मन्त्रालयले ल्याएको १५ लाखसम्म उपचार खर्च दिन सकिने कार्यविधिमा छलफल नै नगरी यस्तो निर्णय गरेको हो ।
त्यसैगरि सरकारले संयुक्त राष्ट्रसंघको शान्ति तथा निसस्त्रीकरणको एसिया कार्यालयको पुर्नस्थापनाको लागि १ लाख १ हजार ६ सय ८५ अमेरिकी डलर सहयोग दिने भएको छ । त्यस्त बैठकले एसियाली विकास बैंकबाट प्राप्त हुने २ अर्ब सहयोग रकम स्वीकार गर्ने सरकारका प्रवक्ता एवं सुचना तथा सञ्चार मन्त्री सुरेन्द कार्कीले जानकारी दिनुभयो ।
यसैगरि बैठकले जनता आवास कार्यन्वयन कार्यविधि मन्त्रिपरिषदको आर्थीक पूर्वाधार समितिमा छलफलका लागि पठाउने निर्णय गरेको छ ।