१४ बैशाख २०८१, शुक्रबार
Follow Us

बढी शुल्क लिने मेडिकल कलेविरुद्ध उजुरी आह्वान

नेपालब्रिटेन डट कम्
१८ कार्तिक २०७६, सोमबार ०१:३६

काठमाडौँ । शिक्षा मन्त्रालय र चिकित्सा शिक्षा आयोगले तोकिएभन्दा बढी शुल्क लिने मेडिकल कलेजहरुविरुद्ध किटानी उजुरी दिन आह्वान गरेका छन् ।
कलेजहरुले अतिरिक्त शुल्क फिर्ता गर्न अटेरी गरिरहेका बेला मन्त्रालय र आयोगले आइतबार संयुक्त वक्तव्य जारी गरी बढी शुल्क लिने कलेज सञ्चालकविरुद्ध ठगी मुद्दामा कानुनी कारबाहीका लागि प्रमाणसहित जिल्ला प्रशासन कार्यालयमा लिखित उजुरी दिन अभिभावक र विद्यार्थीलाई आग्रह गरेका हुन् । कान्तिपुर दैनिकमा खबर छ ।