१३ बैशाख २०८१, बिहीबार
Follow Us

इग्ल्यान्डको एमसीसीसँग नेपाली क्रिकेट टिम भिड्दै

नेपालब्रिटेन संवाददाता
१८ कार्तिक २०७६, सोमबार ०३:५४

काठमाडौ । नेपाल भ्रमणमा रहेको इंग्ल्याण्डका पुरानो क्रिकेट क्लब मेरिलिबोन (एमसीसी)ले सोमबार नेपाली राष्ट्रिय क्रिकेट टिमसँग मैत्रीपूर्ण प्रतियोगिता खेल्दै छ ।

शनिबार नेपाल आएको एमसीसीले आइतबार त्रिवि क्रिकेट मैदानमा नेपालको यु १९ क्रिकेट टिमसँग एक दिवसीय प्रतियोगिता खेलेको थियो । जसमा नेपाल यु १९ टिम ३८ रनले पराजित भयो । एमसीसीले सोमबार आज नेपालको सिनियर टिमसँग खेल्ने छ ।

नेपाली टिममा कप्तान परिवर्तन भएपछि पहिलो सिरिज रहेकाले सबैको ध्यान कप्तान ज्ञानेन्द्र मल्लको प्रदर्शनमा टिकेको छ । एमसीसीविरुद्धको खेलका लागि आफू निकै उत्साहित भएको बताएका छन् ।