८ बैशाख २०८१, शनिबार
Follow Us

‘सद्भावना दूत’ सिफारिसमा राजदूतको संलग्नता छैन् : नेपाली दुतावास लण्डन

नेपालब्रिटेन डट कम्
१८ कार्तिक २०७६, सोमबार ०७:५५

लन्डन । बेलायतबाट सञ्चालित समाचार प्रोटल नेपाल ब्रिटेन डट कममा हिजो आइतबार सम्प्रेषण भएको ‘बेलायतमा गुपचुप सद्भावना दूत नियुक्ति गर्ने पर्यटन मन्त्री भट्टराईको तयारी’ शीर्षकको समाचारप्रति नेपाली दूतावास लण्डनको ध्यानाकर्षण भएको जनाएको छ ।

दूतावासका प्रवक्ता शरदराज आरनले भने, ‘सद्भावना दूत सिफारिसमा दूतावासलाई कुनै जानकारी छैन । सद्भावना दूत नियुक्ति भिजिट नेपाल २०२० को सचिवालयसँग सम्बन्धित भएकाले यसमा राजदूत डा. दुर्गाबहादुर सुवेदी तथा दूतावासको संलग्न छैनन् ।’

भिजिट नेपाल २०२० का सदस्यसचिव सुरज बैद्यसँग सम्बन्धित भएकाले यसमा दूतावासले कुनै भूमिका नभएको प्रवक्ता आरनले स्पष्ट पारे ।
नेपाल ब्रिटेन डटकमले ६ दिने बेलायत भ्रमणमा रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले वेलायतस्थित नेपाली समुदायसँगको छलफल बिनै नेपाल भ्रमण वर्ष २०२० अभियानको सद्भावना दूत नियुक्त गर्ने तयारी गरेको समाचार सम्पे्रषण गरेको थियो ।

समाचारअनुसार भट्टराईले बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीको सिफारिसमा बेलायती चर्चित अभिनेत्री, लेखक तथा अभियन्ता जोआन्ना लुम्ले, भारतीय मूलका बेलायती राजनीतिज्ञ सन्दिपकुमार बर्मा र भारतीय मूलकै बेलायती धनाढ्य व्यापारी गोपीचन्द परमानन्द हिन्दुजालाई नेपाल भ्रमण वर्ष २०२० अभियानको सद्भावना दूत नियुक्त गर्ने तयारी गरेका उल्लेख छ ।

युरोपियन आकाशमा छिट्टै नेपाली विमान उड्छ: पर्यटन मन्त्री भट्टराई