१४ बैशाख २०८१, शुक्रबार
Follow Us

नेकपाले टुंगो लगायो सातै प्रदेशका प्रदेश प्रमुखको नाम (को को परे)

नेपालब्रिटेन डट कम्
१८ कार्तिक २०७६, सोमबार ०८:०६

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी नेकपाले सात प्रदेशका प्रदेश प्रमुखहरुको नाम टुंगो लगाएको छ ।
नेकपाको सोमबार मध्यान्ह बसेको सचिवालय बैठकले सातै प्रदेशका प्रदेश प्रमुखहरुको नाम टुंगो लगाएको हो ।
जसअनुसार अमिक शेरचन (चितवन), सोमनाथ अधिकारी (कास्की), तिलक परियार (बाँके), धर्मनाथ यादव (सिरहा) गोविन्द कलौनी (डडेल्धुरा) र विष्णु प्रसाईँ (झापा) को नाम सरकारसमक्ष सिफारिस गर्ने निर्णय भएको बैठकपछि नेकपा प्रवक्ता विष्णु पौडेलले जानकारी दिए । यद्यपि कसलाई कुन प्रदेशको प्रमुखको जिम्मेवारी दिने भन्नेचाहिँ मन्त्रिपरिषद्ले टुंगो लगाउने उनको भनाइ छ ।