१३ बैशाख २०८१, बिहीबार
Follow Us

पूर्वसभामुख महरा पुर्पक्षका लागि डिल्लीबजार कारागार चलान

नेपालब्रिटेन संवाददाता
१८ कार्तिक २०७६, सोमबार १४:१४

काठमाडौं । जिल्ला अदालत काठमाडौंले संघीय संसद् सचिवालयकी कर्मचारीलाई जबरजस्ती करणीको प्रयास गरेको आरोप लागेका पूर्वसभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ ।

सोमबार थुनछेक बहस सकिएपछि अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो । अब मुद्दाको अन्तिम किनारा नलाग्दासम्म महराले जेलमा नै बस्नुपर्ने भएको छ । उनलाई डिल्लीबजार कारागार पठाइएको छ । जिल्ला अदालत काठमाडौंमा न्यायाधीश सुदर्शन पाण्डेको इजलासले सरकारी वकिल महरा पक्षका कानुन व्यवसायीको बहसपछि यस्तो आदेश सुनाएको हो ।

महराविरुद्ध बिहीबार बलात्कार प्रयासमा ५ वर्ष र विशिष्ट व्यक्ति भएकाले थप साढे २ वर्ष गरी साढै ७ वर्षसम्मको कैद सजाय माग गर्दै मुद्दा दायर भएको थियो । संसद् सचिवालयकी एक कर्मचारीमाथि बलात्कार प्रयासको आरोप लागेपछि उनलाई गत असोज १९ मा पक्राउ गरेर प्रहरीले अनुसन्धान थालेको थियो ।