१५ बैशाख २०८१, शनिबार
Follow Us

विश्व पर्यटन मेलामा मन्त्री योगेश भट्टराईको पहिलो दिन (फोटो फिचर)

नेपालब्रिटेन डट कम्
१८ कार्तिक २०७६, सोमबार १९:१८

लन्डन– संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराई सोमवार देखी सम्म लण्डनको एक्सेल एक्जिबिशन सेन्टरमा हुन गैरहेको वर्ल्ड ट्राभल मार्टमा सहभागी भएका छन् ।

बेलायतका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदी सहित एक्सेल पुगेका भट्टराईले मेलाको पहिलो दिन नेपाली स्टलहरुको अवलोकन तथा आयोजक संस्थालाई अन्तरवार्ता दिएका थिए ।

मेला मंगलवार देखी मात्र सर्वसाधारणको लागि खुल्ला रहने ट्राभल कन्सोल युकेका प्रबन्ध निर्देशक विराज भट्ट वताए । मंगलवार विश्वभरबाट आएका पर्यटन मन्त्रीहरुको भेलामा मन्त्री भट्टराई सहभागी हुने छन् ।

बर्ल्ड ट्राभल मार्टमा झण्डै १८२ देशका ५० हजार भन्दा बढी सहभागीहरु आउने अपेक्षा गरिएको छ।

पर्यटन क्षेत्रको कुम्भमेला पनि भनिने सो मार्टमा भागलिन नेपालबाट पर्यटन मन्त्रीको नेतृत्वमा एउटा टोली हरेक वर्ष जस्तै लण्डन आउने परम्परा रहेको छ।

मेलाम भाग लिन नेपाल पर्यटन बोर्ड र निजी क्षेत्रका विभिन्न नेपाली कंपनीहरु समेत वेलायत उत्रेका छन् । वर्ल्ड ट्राभल मार्ट आइटिबी बर्लिन पछि पर्यटन व्यवसायीहरुको दोश्रो ठूलो विश्व मेला हो।