१२ बैशाख २०८१, बुधबार
Follow Us

गेसो र पर्यटन मन्त्री भट्टराई बीच लण्डनमा छलफल

नेपालब्रिटेन डट कम्
१८ कार्तिक २०७६, सोमबार १९:५९

लण्डन । गोरखा भुतपुर्ब सैनिक संघ (गेसो) र वेलायत भ्रमणमा रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई बीच लण्डनमा भेटघाट सम्पन्न भएको छ ।

सोमवार नेपाली दूतावास भवनमा भएको सामुहिक भेटमा प्रबिधिक समितिले बेलायत सरकारलाई बुझाएको १३ बुंदे प्रतिबेदनको कार्यन्वयन गर्न गेसोले मन्त्री भट्टराईको ध्यानार्कषण गराएको थियो ।

बेलायतका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदी समेतको उपस्थितमा भएको छलफल भूपुगोर्खाहरुको मागलाई सम्वोधन गर्न बेलायत र नेपाल सरकार बीच कुटनैतिक दबावका लागि पहल गर्ने विषयमा केन्द्रीत थियो ।
छलफलमा गेसोका पदाधिकारी लगायत नेपाली दूतवासका प्रवक्ता शरदराज आरणको समेत उपस्थिती थियो ।