१६ चैत्र २०८०, शुक्रबार
Follow Us

आलम विरुद्ध जन्मकैदको मुद्दा दायर

नेपालब्रिटेन डट कम्
१९ कार्तिक २०७६, मंगलवार ०१:२०

रौतहट । नेपाली काँग्रेसका नेता तथा पुर्व मन्त्री मोहम्मद अफताब आलम बिरुद्ध सरकारी वकिल कार्यालय रौतहटले सोमबार जन्मकैद सहित ३ वटा मुद्दा जिल्ला अदालत रौतहटमा दर्ता गरेको छ ।
आजको राजधानी दैनिक लेख्छ–सरकारी वकिल कार्यालय रौतहटले जन्मकैदको माग गर्दै १० जना माथि जन्मकैदको मुद्दा दर्ता गरेको सरकारी वकिल कार्यालय रौतहटका जिल्ला न्याधिबक्ता खडिन्द्रराज कटुवालले जानकारी दिए ।

आलम सहित १० जना माथि रौतहट प्रहरीले कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थसम्बन्धी गरी तीनवटा मुद्दा दर्ता गरेको हो ।

आलमको मुद्दा ९५ नम्बरमा दर्ता गरिएको छ । समय अभावका कारण थुनछेक बहस भने मंगलबारबाट हुने भएको छ ।

१२ वर्षअघि रौतहटमा इँटा भट्टाभित्र जिउँदै मान्छे जलाएको भन्ने अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले मुद्दा चलाउने निर्णय गरेको हो । सोमबारै आलमलाई जिल्ला अदालत लगिएको छ ।
सरकारी वकिल कार्यालयले आलमसहित उनका भाइ मोहम्मद महताब आलम, शेख भदई, मोहम्मद मोविन आलम, शेख सेराज, बद्री सहनी, शेख फजलेहक, सगिर आलम, शेख जुमइन भन्ने शेख मलकार र गौरीशंहर साहसमेत विरुद्ध मुद्दा दर्ता गरेको उनले जानकारी दिए । गौरी शंकर साह बिरुद्ध भने मतियारको मुद्दा दायर गरिएको छ । घटनामा संलग्न भनिएका १० अभियुक्त फरार रहेको पनि समाचारमा जनाइएको छ।