१५ बैशाख २०८१, शनिबार
Follow Us

साढे २ वर्षमा ८० जना जनप्रतिनिधि पक्राउ

नेपालब्रिटेन डट कम्
१९ कार्तिक २०७६, मंगलवार ०१:३१

काठमाडौँ । स्थानीय तह हुँदै प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएको साढे २ वर्षको अवधिमा प्रहरीले ८० जना जनप्रतिनिधिलाई पक्राउ गरेको छ ।
जनताको सेवामा खटिने बाचासहित चुनाव जितेका जनप्रतिनिधि एकपछि अर्को अपराधमा मुछिँदै जाँदा उनीहरु पक्राउ पर्ने क्रम बढेको हो ।
उनीहरुलाई ज्यानसम्बन्धी कसुर, जबरजस्ती करणी, ज्यान मार्ने उद्योग, सरकारी छाप किर्ते, झूटा विवरण पेश गरि नागरिकता बनाएको, कुटपिट बहुबिबाह, अभद्र व्यवहार, गैरकानुनी भेला, ठगी लगायतका शीर्षकमा पक्राउ गरी कारबाही अघि बढाएको प्रहरीको तथ्यांकले देखाउँछ ।