१३ बैशाख २०८१, बिहीबार
Follow Us

सिन्धुपाल्चोक बस दुर्घटनामा एकै गाउँका ९ को मृत्यु

नेपालब्रिटेन डट कम्
१९ कार्तिक २०७६, मंगलवार ०१:३९

सिन्धुपाल्चोक । १९ जनाको ज्यान जानेगरी आइतबार सिन्धुपाल्चोकको सुकुटेमा भएको बस दुर्घटनामा दोलखा जिल्लाको शैलुङेश्वरी गाउँपालिकाका १३ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा सो गाउँपालिकाको काटाकुटी गाउँका मात्रै ९ जनाको मृत्यु भएको गाउँपालिका अध्यक्ष भरत दुलालले जानकारी दिए ।
दोलखाको मागा देउराली हुँदै बस आएकाले त्यहाँ यात्रु धेरैको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
एकै गाउँपालिकाको १३ जनाको मृत्यु भएपछि शैलुङश्वरीका स्थानीय शोकमा डुबेको खबर आजको राजधानी दैनिकमा छापिएको छ ।