१६ चैत्र २०८०, शुक्रबार
Follow Us

प्रदेश प्रमुख सिफारिस : नेकपामा विवाद

नेपालब्रिटेन डट कम्
१९ कार्तिक २०७६, मंगलवार ०२:०१

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रदेश प्रमुख नियुक्ति सिफारिसलाई लिएर विवाद भएको छ। शेरबहादुर देउवा नेतृत्वको सरकारबाट नियुक्त सातै प्रदेश प्रमुखलाई पदमुक्त गरेपछि नयाँ नियुक्तिको सिफारिसलाई लिएर विवाद भएको हो।

नयाँ नियुक्तिका लागि दुई अध्यक्षले भागबन्डा गरेर आफूहरुलाई साक्षीमात्र राखेको भन्दै नेकपा सचिवालय सदस्य एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहितका नेताले असन्तुष्टि जनाएका छन्। उनले प्रदेश प्रमुख तय गर्न सोमबार बसेको पार्टी सचिवालय बैठकमा असहमति (नोट अफ डिसेन्ट) लेखेका छन्।

प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले चार र तीनको भागबन्डा गरेपछि रुष्ट नेता नेपालले ‘नोट अफ डिसेन्ट’ लेख्ने जनाएका थिए। त्यसपछि अरु नेताले सहमतिमा नाम टुंगो लगाउन प्रस्ताव गरे पनि अध्यक्षबीचको भागबन्डाअनुसार नै बैठकले निर्णय गरेपछि नेपालले ‘नोट अफ डिसेन्ट’ लेखेका हुन्। नागरिकमा खबर छ ।