February 27, 2020

राजपाको बैठक आज, जिल्ला अधिवेशनबारे छलफल गर्ने

  5th November 2019 मा प्रकाशित

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) ले उपनिर्वाचन र जिल्लातह अधिवेशनबारे छलफल गर्न अध्यक्ष मण्डलको बैठक आज डाकेको छ । पार्टी मुख्यालय बबरमहलमा बस्ने बैठकले आसन्न मंसिर १४ को उपनिर्वाचनका लागि उम्मेदवारी तय गर्ने र विभिन्न दलहरुसँग हुन सक्ने तालमेलबारे छलफल गर्ने तयारी गरेको छ ।

आजै ५२ पर्यवेक्षकले जिल्ला जिल्लामा तदर्थ समिति गठन गर्ने प्रक्रिया शुरु गर्ने पनि पार्टीका महासचिव केशब झाले जानकारी दिए । राजपाले २४ कात्तिकमा वडा, २६ कात्तिकमा पालिका , २८ कात्तिकमा प्रदेशसभा र प्रतिनिधि सभा अन्तर्गत अधिवेशन आह्वान गरेको छ । यसैगरी कात्तिक ३० मा जिल्ला अधिवेशन गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया