१३ बैशाख २०८१, बिहीबार
Follow Us

बेलायतमा ३९ जनाको शव भेटिएको घटनामा ८ जना पक्राउ

नेपालब्रिटेन संवाददाता
१९ कार्तिक २०७६, मंगलवार ०४:२३

लन्डन । बेलायतमा ३९ जनाको शव भेटिएको घटनाका बारेमा अनुसन्धान गर्न भियतनामी प्रहरीले ८ जनालाई पक्राउ गरेको छ । मारिएका सबै जना भियतनामी भएको बेलायती प्रहरीले दाबी गरिरहेका बेला भियतनामी प्रहरीले घटनासँग सम्बन्धित भएको आशंकामा ८ जनालाई पक्राउ गरेको हो ।

बेलायतको राजधानी लन्डनदेखि पूर्वमा पर्ने ग्रेज एसेक्स औद्योगिक क्षेत्रमा फ्रिजयुक्त कन्टेनरभित्र ती ३९ शव फेला परेको थियो । भियतनामी समाचार संस्थाले पनि उनीहरु पक्राउ परेको पुष्टी सहितको समाचार सम्प्रेषण गरेका छन् । यसअघि शवहरू फेला परेपछि उत्तरी आयरल्यान्डका ट्रक चालक मोरिस रबिन्सनलाई पनि बेलायती प्रहरीले पक्राउ गरेको थियो ।