१४ बैशाख २०८१, शुक्रबार
Follow Us

प्रदेश प्रमुख फेर्नु सामान्य विषय : प्रचण्ड

नेपालब्रिटेन डट कम्
१९ कार्तिक २०७६, मंगलवार ०५:४०

नेकपा अध्यक्ष प्रचण्डले प्रदेश प्रमुखहरुलाई सरकारले फेर्नु सामान्य विषय भएको टिप्पणी गरेका छन् ।
५ नम्बर प्रदेशको बाँके र दाङमा हुन लागेको पार्टीको कार्यक्रममा सहभागी हुन नेपालगन्ज पुगेको प्रचण्डले मंगलबार बिहान आयोजित पत्रकार सम्मेलनमा सरकार परिवर्तनसँगै प्रदेश प्रमुखहरुले राजीनामा दिनुपर्ने भएपनि त्यसो हुन नसकेको बताए ।
विदेशकै प्रचलन हेर्ने हो भने पनि सरकार परिवर्तन गएसँगै प्रदेश प्रमुख फेरिने प्रचलन रहेको भन्दै प्रचण्डले भने, ‘कयौ देशमा त्यस्ता प्रमुखले मोरल्ली रिजाइन गरिदिने र सरकारलाई काम गर्न सहज गर्ने प्रचलन छ ।
हाम्रो सरकार उदार भएकाले उहाँहरुलाई २ वर्ष काम गर्न दिइयो । अहिले फेर्न उहाँहरुलाई हटाउँदा उचित हुने नयाँ नियुक्ति गरिएको हो । यसलाई ठूलो ठान्नु पर्ने विषय होइन ।’
प्रचण्डले सत्ता साझेदार दल समाजवादी पार्टी नेपालसाग पनि सल्लाह गरेर प्रदेश प्रमुख फेरिएको समेत बताए ।
‘प्रदेश प्रमुख फेर्ने विषयमा उपेन्द्रजीसँग सल्लाह भएको हो । उहाँले क्याबिनेटमा आफ्नो कुरा राख्नु भयो होला । पुरानोजति सबै पदमुक्त गर्ने भनिएकाले यसो भएको हो ।’ प्रचण्डले भने, ‘उपेन्द्रजीले हामीसँग सहमति गरेर गभर्नर बनाउनु भएको होइन । पूरानो नियुक्त भएका सबै हटाउँदा उहाँको पनि परेको मात्रै हो ।’
तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले नियुक्त गरेको प्रदेश प्रमुखलाई हटाएर सरकारले सोमबार नयाँ नियुक्ति गरेको थियो । सो नियुक्तिको विषयमा सरकारका उपप्रधानमन्त्री समेत रहेका उपेन्द्र यादवले पार्टीसँग कुनै छलफल नभएको अभिव्यक्ति दिएको बेला प्रचण्डबाट यस्तो भनाइ आएको हो ।
अर्को प्रसंगमा प्रचण्डले माधव नेपालले आफ्नो मान्छे नपर्दा निर्णयमा नोट अफ डिसेन्ट लेख्नुलाई स्वाभाविक रुपमा लिएको पनि बताए ।
‘माधवजीले प्रदेश प्रमुखमा एक दुई जनाको नाम प्रस्ताव गर्नुभएको थियो । तर चित्त नबुझेपछि नोट अफ डिसेन्ट लेख्नु स्वाभाविक हो ।’ प्रचण्डले भने ।