१३ बैशाख २०८१, बिहीबार
Follow Us

नवनियुक्त सातै प्रदेशका प्रमुखलाई सपथ (फोटो फिचर)

नेपालब्रिटेन डट कम्
१९ कार्तिक २०७६, मंगलवार ०५:४२

काठमाडौं । नवनियुक्त प्रदेश प्रमुखहरुले पद तथा गोपनियताको शपथ लिएका छन् । प्रदेश प्रमुखहरुलाई आज राष्ट्रपति कार्यालय शितलनिवासमा राष्ट्रपति विद्यादेवि भण्डारीले पद तथा गोपनियताको शपथ ग्रहण गराएकी हुन् । सातै प्रदेशका प्रदेश प्रमुखहरुले एकै साथ शपथ लिएका छन् ।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवरालगायत उपस्थित थिए । राष्ट्रपतिबाट शपथ लिएसँगै प्रदेश प्रमुखहरुले पदभार ग्रहण गर्नेछन् ।

राष्ट्रपति भण्डारीले सोमनाथ अधिकारी ‘प्यासी’ प्रदेश १, तिलक परियार प्रदेश २, विष्णु प्रसाईं प्रदेश ३ र अमिक शेरचन गण्डकी, धर्मनाथ यादव प्रदेश ५, गोविन्द कलौनी कर्णाली प्रदेश र सर्मीला कुमारी पन्तलाई सुदूरपश्चिम प्रदेश प्रमुखमा नियुक्त गरेकी थिइन् ।