६ बैशाख २०८१, बिहीबार
Follow Us

दिल्ली प्रदूषणको प्रभाव नेपालमा

नेपालब्रिटेन संवाददाता
१९ कार्तिक २०७६, मंगलवार ०५:५५

काठमाडौं । भारतको राजधानी दिल्लीसहित उत्तर भारतमा फैलिएको वायु प्रदूषणको प्रभाव नेपालमा पनि देखिन थालेको छ । पश्चिमतिरबाट नेपालमा धुवाँ तथा धुलो प्रवेश गरेको मौसमविदले बताएका छन् । भारततिरबाट विशेषगरी धुलोका कणहरु आउने क्रम जारी रहेको मौसमविद समीर श्रेष्ठले जानकारी दिएका छन् ।

भारतबाट आएको धुलोको प्रभाव पश्चिमबाट भैरहवासम्मको तराई क्षेत्र र त्यो भन्दा माथिको पहाडी क्षेत्रमा पनि देखिएको मौसमविद श्रेष्ठले जानकारी दिएका छन् । यस्तो प्रभाव मध्य क्षेत्रको तराई र पहाडी क्षेत्रसम्म पुग्ने सम्भावना छ । वायुसँगै भारतीय क्षेत्रबाट आएको धुलोको सक्रियता देखिएकाले सचेतता अपनाउनु पर्ने मौसमविदले सुझाव दिएका छन् ।

स्वासप्रस्वास तथा छाला सम्बन्धी समस्या हुन सक्ने भएकाले भिजिबिलिटी कम भएका बेला नहिँड्ने तथा सर्जिकल नभई २.५ एमएमसम्मको धुलो छेक्न सक्ने माक्स लगाउनु पर्ने विज्ञले बताएका छन् ।