८ बैशाख २०८१, शनिबार
Follow Us

सन ह्युङको रातो कार्डको बचाउँदै गर्दै टोटनह्याम

नेपालब्रिटेन संवाददाता
१९ कार्तिक २०७६, मंगलवार ०५:५७

लन्डन । एभर्टनविरुद्धको खेलमा रातो कार्ड पाएका आफ्ना फरवार्ड सन ह्युङ मिनलाई बचाउ गर्दै टोटनह्यामले अपिल गरेको छ । टोटनह्यामले प्रिमियर लिग फुटबलमा आइतबार राति एभर्टनसँग १–१ गोलको बराबरी खेलेको थियो । खेलकै दौरानमा ७९ औं मिनेटमा सन ह्युङ मिनले एभर्टनका आन्द्रे गोमेजलाई ट्याकल गर्न पुगेका थिए । योसँगै सनले रातो कार्ड खाएका थिए ।

खुट्टामा गम्भीर चोट बोकेका गोमेजको भने सोमबार शल्यक्रिया भएको छ । सन ह्युङ मिनको गोमेजलाई घाइते बनाउने कुनै मनसाय नभएको भन्दै उनले पाएको रातो कार्ड्विरुद्ध टोटनह्यामले अपिल गरेको हो ।

यदि यो अपिल खारेज भएमा प्रिमियर लिगको आगामी तीन खेल गुमाउने छन् । टोटनह्यामले सेफिल्ड युनाइटेड, वेस्ट ह्याम र वर्नेमाउथसँगको खेल गुमाउन सक्ने छन् । आफ्ना मुख्य फरवार्ड गुमाउने डरले टोटनह्यामले अपिल गरेको हो ।