८ बैशाख २०८१, शनिबार
Follow Us

अफताव आलमको बयान बुधवार पनि 

नेपालब्रिटेन संवाददाता
१९ कार्तिक २०७६, मंगलवार १५:५६

रौतहट । नेपाली कांग्रेसका सांसद मोहम्मद अफताव आलमको बयान बुधवार पनि हुने भएको छ । जिल्ला अदालत रौतहटमा उपस्थित गराइएका आलमको बयान आज निकै छोटो समय मात्रै भएकाले बुधवार पनि जारी रहने भएको हो । न्यायाधीश दिपक ढकालको ईजलाशमा बयान सुरु भएपछि आलमका कानून व्यवसायीले मुद्दाको नक्कल प्रति नपाएको भन्दै केहिबेर बयान रोकेका थिए ।

अलामका कानुनव्यवसायीलाई मुद्दाको नक्कलप्रति उपलब्ध गराएपछि दिउसो सवा ३ वजेपछि बयान सुरु भएको थियो । आलमको बयान आज झण्डै ४५ मिनेट मात्र चलेको थियो । सांसद आलमसँग न्यायाधीश ढकालले ९ वटा प्रश्न गरेका थिए । आलमको परिचय तथा कानून व्यवसायी राखे नराखेको सम्बन्धी प्रश्नहरु मात्रै गर्दा अदालतको समय समाप्त भएकाले बाँकी बयान बुधवार हुने सरकारी वकिल खडिन्द्र राज कटुवालले जानकारी दिए ।

आलमलाई जन्मकैदको माग दाबी सहित रौतहट जिल्ला अदालतमा सोमबार मुद्दा दर्ता भएको हो । प्रहरीले आलमलाई विष्फोटक पदार्थ, बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान सम्बन्धी कसुर गरी तिन अभियोग लगाउदै मुद्दा दर्ता गरेको हो ।