६ बैशाख २०८१, बिहीबार
Follow Us

हरेक दिन ७ जनाको जान्छ अकालमै ज्यान

nepalbritain news
२० कार्तिक २०७६, बुधबार ०१:२१

काठमाडौँ । सवारी दुर्घटनाका कारण हरेक दिन ७ जनाको अकालमा नै ज्यान जाने गरेको तथ्यांकले देखाएको छ । गएको पाँच वर्षमा सवारी दुर्घटनामा परी करिव १२ हजार यात्रुको अकालमै ज्यान गएको तथ्यांकले देखाएको हो ।
आर्थिक वर्ष २०७१–०७२ देखि २०७५–७६ सम्मको दुर्घटनाको तथ्यांक हेर्दा हरेक वर्ष दुई हजारभन्दा बढी यात्रुको सवारी दुर्घटनाकै कारण अकालमा ज्यान गएको र सो संख्या ५ वर्षमा करिव १२ हजार पुगेका खबर राजधानी दैनिकले छापेको छ ।