१२ बैशाख २०८१, बुधबार
Follow Us

कांग्रेस पदाधिकारी बैठक बस्दैछ, कास्की-२ को उम्मेदवार टुंगो लाग्ने

नेपालब्रिटेन संवाददाता
२० कार्तिक २०७६, बुधबार ०४:०२

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । कांग्रेसले मंसिर १४ गते हुने उपनिर्वाचनका लागि मनोनयन दर्ताका लागि निर्वाचन आयोगले तय गरेको मितिको अघिल्लो दिनसम्म पनि उमेदवार टुंगो लगाउन सकेको छैन । निर्वाचन आयोगले उपनिर्वाचनका लागि प्रतिनीधिसभा र प्रदेशसभा सदस्यका लागि उम्मेदवारको मनोनयनका लागि भोली बिहीबारको मिति तोकेको छ ।

मंगलबार सभापति शेरबहादुर देउवाको निवासको १० घण्टाभन्दा बढी समय बसेको पदाधिकारी बैठकले उम्मेदवारको टुंगो लगाउन सकेन । दिनभरीमा उमेदवारको टुंगो नलागेपछि बैठकमा संस्थापन पक्षले उमेदवारको निर्णय गर्ने जिम्मा सभापति देउवालाई दिन प्रस्ताव गरेका थिए ।

तर, संस्थापन इतर समूहले भने त्यसमा असहमति जनाएको थियो । प्रदेशसभा सदस्यका विषयमा लगभग उम्मेदवारको टुंगो लागेपनि कास्की २ मा समस्या भएको कांग्रेस नेताहरुले बताएका छन् । कास्की २ मा १६ जना उमेदवारको नाम सिफारिस गरिएको थियो ।