१५ चैत्र २०८०, बिहीबार
Follow Us

महराले नैतिक गल्ती गरे, सही सूचना दिएनन् : प्रचण्ड (भिडियो)

sarusaru
२० कार्तिक २०७६, बुधबार ०७:४४

दाङ : नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निवर्तमान सभामुख कृष्णबहादुर महराले गल्ती गरेको बताएका छन् । महराबारे खुलेर प्रतिक्रिया नदिएका दाहालले महराकै निर्वाचन जिल्ला र निर्वाचित क्षेत्र दाङ आएर बुधबार यस्तो बताएका हुन्।

‘महराजीले क्रिमिनल अपराध त गर्नुभएको होइन, तर नैतिक गल्ती गर्नुभएकै हो,’ उनले भने। प्रेस संगठन नेपाल दाङले घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले महराले नैतिक गल्ती गरेको र सहि सूचना समेत आफूलाई नदिएको बताए।उनले भने,’ महराको सबैभन्दा ठूलो गल्ती सही कुरा नबोल्नु र पार्टी नेतृत्वले छानविन गर्न खोज्दा पनि साथ दिनु भएन।’

उनले महरालाई अदालतलाई सघाउन समेत आग्रह गरेका छन् । ‘महराजी थुनामा गइसक्नुभयो, अब उहाँलाई पनि गल्तीको सजाय पाउनुपर्छ भन्ने लागेको होला,’ प्रचण्डले भने, ‘यो गर्नु भनेको राष्ट्रलाई पनि सघाउनु हो।’

प्रचण्डले भारतले हालै सार्वजनिक गरेको नक्सामा नेपाली भूमि आफ्नोतिर पारेको विषयमा सरकारले कुटनीतिक पहल सुरु गरिसकेको समेत जानकारी दिए।उनले भने, ‘यो विषयमा सरकारले कुटनीतिक पहल गरिसकेको छ।’

अर्को प्रसंगमा प्रचण्डले अबको पुरै कार्यकाल केपी ओलीकै नेतृत्वमा सहरकार रहने बताए । पहिलो आधा आधाको सहमति भए पनि त्यो सहमतिमा अब नजाने बताए ।सहमति खुइलिइसक्यो पुरै समय ओलीजीकै नेतृत्वमा सरकार चल्छ,’उनले भने ।

अन्नपूर्ण पोष्ट