१४ बैशाख २०८१, शुक्रबार
Follow Us

कास्की–२ मा कांग्रेसले खेमराजलाई अवसर दियो

नेपालब्रिटेन संवाददाता
२० कार्तिक २०७६, बुधबार ०८:२६

काठमाडौं । नेपाली कांगे्रसले कास्की– २ मा पुराना नेता खेमराज पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । बुधबार बसेको पार्टी पदाधिकारीको बैठकले पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

कास्की जिल्ला समितिले १६ जना उम्मेदवार केन्द्रमा सिफारिस गरेको थियो । ती १६ जनामा पौडेललागयत उनकी छोरी खेमकुमारी बरालको पनि नाम सिफारिस गरेको थियो ।

पौडेललाई दोस्रो पुस्ताका पुराना नेता मानिन्छ । प्रजातान्त्रिक आन्दोलनमा पौडेलले तारानाथ रानाभाट, शुक्रराज शर्माका समकालीन हुन् । उनलाई पार्टीले अहिलेसम्म कुनै अवसर दिएको थिएन । उनको योगदानको मूल्यांकन गर्दै पार्टीले उनलाई अवसर दिएको जानकारहरु बताउँछन् । लामो समय शिक्षण पेशामा संलग्न पौडेलले कास्की जिल्ला उपसभापतिसम्मको जिम्मेवारी सम्हालेका थिए ।