७ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनए प्रवक्तामा डिबी क्षेत्री मनोनित

नेपालब्रिटेन डट कम्
२० कार्तिक २०७६, बुधबार १५:४५

लण्डन । गैर आवसीय नेपाली संघ (एनआरनए) को प्रवक्तामा डिबी क्षेत्री मनोनित भएका छन् ।

यसअघि संघको सचिवको रुपमा जिम्मेवारी समालेका क्षेत्रीलाई बुधवार सम्पन्न पदाधिकारी बैठकले प्रवक्तामा नियुक्त गरेको संघका सचिव गौरी राज जोशीले जानकारी दिए ।

संघको विद्यानमा अध्यक्षको प्रस्तावमा प्रवक्ता मनोनित हुने प्रावधान छ । बैठकले अध्यक्ष कुमार पन्तको निर्णयलाई अनुमोदन गरेको हो ।

ओमनको मस्कटमा व्यवसाय गर्दै आएका क्षेत्री २००९ बाट एनआरएनए गतिविधिमा संग्लन भएका क्षेत्री एनसिसि ओमनको अध्यक्ष, मध्य पूर्व संयोजक हुँदै प्रवक्तामा मनोनित भएका हुन् ।

गत महिना काठमाण्डौंमा सम्पन्न नवौं विश्व सम्मेलनको लागि महासचिव पदमा उम्मेदवारी घोषणा गरेका क्षेत्रीले सहमतिमा आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए ।

संघको पदाधिकारी बैठक जारी छ ।