१४ बैशाख २०८१, शुक्रबार
Follow Us

उपनिर्वाचनको मनोनय दर्ता आज, १ बजेसम्म मनोनय दर्ता गरिसक्नुपर्ने

नेपालब्रिटेन संवाददाता
२१ कार्तिक २०७६, बिहीबार ०३:०९

काठमाडौं । मंसिर १४ गते हुन लागेको उपनिर्वाचनका लागि आज मनोनयन पत्र दर्ता हुँदै छ । निर्वाचन आयोगले बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म सम्बन्धित क्षेत्रका निर्वाचन अधिकृतको कार्यालयमा प्रतिनिधिसभा र प्रदेश सभा उम्मेदवारको मनोनयन पत्र दर्ताको व्यवस्था मिलाएको छ ।

उम्मेदवारको सूची आजै प्रकाशन गर्ने कार्यक्रम छ । नाम फिर्ताका लागि २४ गतेसम्मको समय दिइएको छ भने अन्तिम नामाबली २५ गते प्रकाशित हुनेछ । प्रतिनिधिसभा सदस्य एक, प्रदेश सभा सदस्य तीन, स्थानीय तहको प्रमुख एक, अध्यक्ष तीन, उपाध्यक्ष एक र वडाध्यक्ष–त्रिचालिस गरी ५२ पदका लागि उपनिर्वाचन हुन लागेको हो ।

३७ जिल्लाका ५२ स्थानमा हुने उपनिर्वाचनमा एक सय एक राजनीतिक दलले प्रतिस्पर्धा गर्दै छन् । उपनिर्वाचनका लागि १६ नयाँ दल दर्ता भएका छन । उपनिर्वाचनमा आयोगले चार लाख ५४ हजार एक सय १४ मतदाता निश्चित गरेको छ ।