१४ बैशाख २०८१, शुक्रबार
Follow Us

नेविसंघको भारतलाई चेतावनी – ‘गल्ती नसच्याए गोर्खाली शैली देखाइदिन्छौं’

sarusaru
२१ कार्तिक २०७६, बिहीबार १०:१७

काठमाडौं। नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ त्रिचन्द्र क्याम्पस इकाइले भारतीय राजदुतावासमार्फत भारत सरकारलाई ज्ञापन पत्र बुझाएको छ । बिहीबार दिउँसो भारतीय दूतावास लैनचौरमा बुझाइएको ज्ञापन पत्रमा भारतले कालापानी र लिपुलेकमा राखेका भारतीय सैनिक तत्काल फिर्ता लैजान र भारतले हालै जारी गरेको नक्सा सच्याउन आग्रह गरिएको छ ।

भारतीय दूतावासले यी कमजोरी नसच्याउँदसम्म नेपालस्थित भारतीइ दूतावालाई बन्द राख्न पनि ज्ञापन पत्रमा भनिएको छ । ‘विद्यार्थीको रुपमा पहिले हामी हाम्रो कूटनैतिक प्रयासलाई ‘गोर्खाली शैली’बाट नभइ कलम र कागजको माध्यमबाट हासिल गर्न चाहन्छौं’ ज्ञापन पत्रमा भनिएको छ ‘यदि हामीलाई बेवास्ता गरिए वा जवाफ नदिइए हामी जुनसुकै कदम उठाउन बाध्य हुनेछौं ।’

डिसी नेपाल