८ बैशाख २०८१, शनिबार
Follow Us

पूनर्निर्माणको चाहाना राख्ने गर्ने भिडियो सार्वजनिक

नेपालब्रिटेन डट कम्
३० कार्तिक २०७३, मंगलवार ०४:३८

काठमाडौं— अघिल्लो वर्षको भूकम्पपछि सुचारु हुनु पर्ने पूनर्निर्माणको कार्यले गति लिन सकेको छैन । पूनर्निर्माण गरेर नेपाललाई पुनः एक पटक सुन्दर बनाइनु पर्छ भन्ने भावना बोकेको गीत तथा म्युजिक भिडियो सोमबार काठमाडौंमा लोकार्पण गरिएको छ । कमलादी गणेस्थानमा आयोजित एक समारोहमा गीतकार सुना भण्डारीद्वारा रचना गरिएको ‘हे आमा नेपाल…’ गीतको एल्बम तथा म्युजिक भिडियो सार्वजनिक गरिएको हो । गीतकार भण्डारी तथा म्युजिक भिडियोका निर्देश्ँक कृष्णदेव रुपाखेतीले उक्त एल्बम विमोचन गरेका हुन् ।
यो एल्बमलाई पशुपति वंशीराम मण्डप नेपालले प्रस्तुत गरेको हो । यो गीतमा गायिका संगीता राना प्रधान तथा गायक विनोद पछाईको यूगल गायन छ । विनोद पछाइ यो गीतका संगीतकार पनि हुन् । सार्वजनिक गरिएको भिडियोमा अभिनेता नरेन खड्का तथा अभिनेत्री सम्पदा बानिया“ले अभिनय गरेका छन् । महाराजा थापाद्वारा संगीत संयोजन गरिएको यो गीतको भिडियोका छायांकार अमृत सुनुवार हुन् भने निशान घिमिरेले यो भिडियोलाई सम्पादन गरेका हुन् । भिडियोमा भूकम्पले पु-याएको क्षतीदेखि लिएर पुनर्निर्माणका प्रयासहरुलाई समेत समेटिएको छ ।